एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
नेकपा प्रचण्ड–नेपाल समुहले आजको बन्द सफल पार्न जनकपुरधाममा पनि बन्द गराउन थालेका छन् । सो समुहका मोटरसाइकल सवार नेता कार्यक्रताहरु रामानन्दचौकमा खुलेका पसलहरु बन्द गराएको श्री राम यातायात प्रा.ली.का सञ्चालक राम सिंहले बताए ।

सिंह अनुसार चौकमा खुलेको यातायातको काउन्टर सहितका पसलहरु सो समुहले बन्द गराउदै जनकपुरधामको अन्य चौकहरुमा समेत बन्द गराउने योजना सहित त्यहाँबाट हिडेका छन् । नेपाल बन्दको प्रभाव सडकमा परेको छ । पुर्व पश्चिम राजमार्ग सुनसान देखिएको छ भने बजार पसलहरु आशिंक रुपमा खुलेका छन् । प्रदेश २ को राजधानी जनकपुरधामको पसल बजार खुलेको छ भने बजारमा साना सवारी निर्वाध चलिरहेको छ ।

जनकपुरधामवाट चल्ने लामो दुरीका सवारी साधन भने चल्न सकेको छैन । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संवैधानिक निकायमा पदपुर्तीको निर्णय असंवैधानिक र एक पछि अर्को संविधान विपरितको काम रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समुह आमहडतालको घोषणा गरेको छ ।