एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । वीरगंजको घण्टाघर चौकबाट नेकपा वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनोज चौधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, नेता अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा, विद्यार्थी नेता रामबाबु मण्डल लगायत पक्राउ परेका हुन् ।
https://www.facebook.com/messenger_media?thread_id=1864267153626545&attachment_id=1337408666637217&message_id=mid.%24gAAafioV1VbF9nErYbV3awSHnhGrZ
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध पार्टीको केन्द्रिय संघर्ष समितिद्वारा घोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रमा लिएको प्रकाउ परेका अनेरास्ववियुका केन्द्रिय सदस्य गुप्ताले वताए । पक्राउ परेको सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।





