एसपी रिपोर्टर
काठमाण्डौं, माघ २१ : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य डा. शिवजी यादव नेकपा ओली समुहमा प्रवेश गरेका छन् । तत्कालिन फोरम नेपालका सचेतक र पुर्व सभाषद समेत रहेका महोतरीवासी नेता डा. यादव मंगलवार अवेर राती ओली समुहमा प्रवेश गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले डा. यादवलाई खादा लगाएर पार्टी भित्रयाएका छन् । उनलाई पार्टी प्रवेश गराईरहदा पार्टीका नेता इश्वर पोखरेल, महेश बस्नेत धनुषाका युवा नेता शम्भु साह, किरण कार्की सहितको उपस्थिती समेत रहेको थियो ।
नेकपा फुटदै गर्दा अव जसपामा समेत फुटको बढी आउने चर्चा चलेका बेला रात डा. यादवको प्रवेशले जसपालाई झटका लाग्ने संकेत दिएको छ । उनी महोतरीबाट निर्वाचित डा. सुरेन्द्र यादव क्षेत्रका हुन ।





