एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालले आफनो प्रधानमन्त्री कालमा तराई मधेशका साथै जनकपुरधामको विकासलाई समेत स्मरण गरेका छन् । उनले ठटयौली शैलीमा भने, ‘केहि वर्ष अगाडि ढल्केवरवाट जनकपुरधाम जान दुई अढाई लाग्यो मलाई, त्यसमा पनि दाया, बाया हल्लिदै जानुपर्ने थियो तर अव भाई वहिनीहरुले हात छोडैरै मोटरसाइकल चलाउने चिल्लो सडक पाएका छन् ।’

तर हात छोडेर मोटरसाइकल नचलाउन उनले ठटयौली शैलीमा आग्रह गरे । जनकपुरधाम बारे ओलीले भने, ‘पुर्व यातायात मन्त्री रघुविर महासेठले दुईवटा रेल्वे किनेर ल्याउनु भो, अव कुन दिन आएर त्यो रेल्वेको उदघाटन गर्नु छ ।’ जनकपुरधाममा ढल बनेको छ, फोहर कम भएको छ, कस्ले रोकेको थियो गर्न लाई ? प्रश्न गर्दै उनले भने, ‘सवै काम ओलीले गर्ने अनि फेरी मधेश विरोधी पनि ओली नै ?’

फरक ओलीले नेपालको वनलाई आनन्दवन बनाउनु पर्ने बताए । उनले भने, ‘वनहरुलाई फलफुल फल्ने वन बनाउ, प्याकेटवाला जुस नेपालीहरुले किन खान परयो ? यहाँ के छैन ? भुमि छैन, पानी छैन, हावा छैन कि मौसम छैन ? अनि किन खाने प्याकेटको जुस ?’ प्याकेटको जुस उत्पादन गर्ने उद्योगले फल त के फलको बोट पनि हेरेको हुदैन, ओलीले थपे ।

‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’ स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिनेवाला छैनन् ।’

सिरहामा प्रचण्ड विरुद्व आक्रमक ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड(माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’