एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपि शर्मा ओली जनता चिन्न नसक्ने भुतप्रेत जस्तै रहेको टिप्पनी गरेका छन् । जसपा सम्वद्व राष्ट्रिय इन्जिनियर संघको प्रथम राष्ट्रिय भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एका समय विष्णु अवतार भनिएका राजाको हातमा देश थियो विष्णु विष्णुलोक गए, अव पशुपतीनाथका गणले देश आफनो रहेको भन्न थालेका छन् ।’

https://www.facebook.com/spkhabarnepal/videos/418258732848993

अध्यक्ष ठाकुरले अगाडि भने, ‘तर पशुपतीनाथको छेउछाउ नजिकको गण त भुतप्रेत, सर्प आदी इत्यादी न हुन ? अनि जनता कसरी चिनोस त ?’ प्रधानमन्त्री ओली पशुपतीनाथमा गएर दर्शन पुजापाठ गरेको तर्फ संकेत गर्दै ठाकुरले देश भुतप्रेतकै हातमा गएपछि जनताको के भलो हुनु ? भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ठाकुरले नेपाल विभेदको रचनात्मक अभ्यास हुने देश रहेको बताए ।

हसिलो मुद्रामा मैथिली भाषाबाट बोल्न सुरुवात गरेका ठाकुरले प्रधानमन्त्री ओलीको प्रतिगामी कमद अहिलेको त्रुटीपुर्ण संविधानकै देन रहेकाले बुद्विजिवीले समेत स्वभाविक रुपमा लिएको बताए । गलत पुस्तक पढाएपछि विद्वान जन्मिन नसक्ने भन्दै ठाकुरले प्रचण्ड र नेपालको तर्कमा पनि कुनै तुक नरहेको बताउछन् ।

एकातिर आफनो स्वार्थका लागि जसलाई देशको साँचो सुम्पिदिन्छन् उस्ले आफनो फाइदा अनुसार देश चलाउदा आज फेरी उनैलाई देश द्रोही भनेर भन्नु प्रचण्ड र नेपालको बुद्विमता नरहेको उनको तर्क छ । आज सम्म गलतलाई सहि भनेर तानासाह बनेपछि देश द्रोही भन्ने माथी शंका किन नगर्ने ? ठाकुरको प्रश्न छ । कार्यक्रममा जसपाका शिर्षनेताहरुले सम्बोधन गरेका छन् ।