एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ : जनता समाजावादी पार्टी (जसपा) सम्वद्व राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलामा सहभागिता जनाउन पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाम आइपुगेका छन् । संघको अगुवाईमा शनिवार माडवाडी सेवा समिति जनकपुरधाममा आयोजना हुन लागेको राष्ट्रिय भेलामा सहभागिताका लागि जनकपुरधाम विमानस्थल आइपुगेका नेताद्वयलाई भव्य स्वागत गरिएको छ ।

संघको अगुवाईमा जसपाका समेत नेताहरुको सहभागितामा जनकपुरधामबाट गएको मोटरसाइकल सहितको रयाली अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोलाई स्वागत गरेको छ । त्यसअघि जनकपुरधाम स्थित रेल्वे स्टेशनमा जम्मा भएको मोटरसाइकल रयाली नारावाजी सहित विमानस्थल पुगेको थियो ।

विमानस्थलमा संघका राष्ट्रिय अध्यक्ष सिडिई भगवान झाले अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोलाई स्वागत सहित जनकपुरधाममा स्वागत गरेका छन् । स्वागत पछि विमानस्थलबाट मोटरसाइकल रयाली र गाडीको लस्कर नेताद्वयलाई स्कटिङ्ग गर्दै नारावाजी सहित जनकपुरधामको नगर क्षेत्रको परिक्रमा सहित आवास स्थल पुरयाएका छन् ।

भोली शनिवार अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो सहित जसपाका शिर्षनेताहरु, प्रदेश २ का मुख्यन्त्री, भौतीक पुर्वाधार मन्त्री सहितको सहभागितामा भेलाको आयोजना हुदैछ ।









