एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सत्रुधन साहले अत्याधिक चिसो प्रभावित वडाका विपन्न परिवारहरुलाई न्यानो कम्वल वितरण गरेका छन् । आज विहान एक कार्यक्रमका बिच जनकपुरधामका विभिन्न क्षेत्रका अगुवाहरुलाई बोलाएर वडा अध्यक्ष साहले उनीहरुको समेत हातबाट वडाका गरिव विपन्नहरुलाई कम्वल प्रदान गरेको छ ।

वडा अध्यक्ष साहले भने, ‘वडामा घर दैलो गरि चिसोबाट कति समस्या छ ? कम्वल वितरण गरौं भनेर सल्लाह समेत लिएको र प्रभावितको आँकडा संकलन गरि आज वितरण गरेको छु ।’ उनका अनुसार करिव अढाई देखि तिनसय सम्म प्रभावितहरुलाई कम्वल वितरण गरिएको छ । वाँकी सम्पर्कमा आए उनीहरुलाई समेत नछोडिने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, प्रदेश सांसद परमेश्वर साह, नेपाल उद्योग बाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह हिरा, जसपाका नेता राजिव झा, पशुपति यादव, उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठ सहितका अगुवाहरुको हातबाट कम्वल प्रदान गरिएको थियो ।





