एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ :
माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइदै छ । २०६३ माघ ५ गते सिरहाको लहानमा माओवादी समुहको गोली लागेर मधेश आन्दोलनकारी युवा रमेश महतोको मृत्यु भएको र त्यहिबाट मधेश आन्दोलन शसक्त रुपमा आगाडि बढेकाले सोहि दिनलाई मधेशमा मधेशवादी दलहरुले बलिदानी दिवसको रुपमा मनाउन थालेका छन् ।

यस अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले जनकपुरधाममा मोटरसाईकल जुलुश प्रदर्शन गरेको छ । मधेश आन्दोलनका प्रथम शहिद रमेश महतो तथा शहिद राम मनोहरको तस्वीर सहितको ब्यानरमा जनमत पार्टी धनुषाले जनकपुरधाममा मोटरसाइकल रयाली निकालेको हो । उपमहानगरको विभिन्न भागको परिक्रमा गरेको रयाली जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।