एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ :
जनकपुरधामको सवै थोक मानिने यहाँ स्थित प्रसिद्व श्री जानकी मन्दिरमा अनौठो दृश्यहरु देखिन थालेको छ । यहाँ सम्म कि मन्दिरको छत माथी मदिराका बट्टाहरु समेत भेटिन थालेका छन् । केहि दिन पुर्व स्थानिय एक पत्रकार छतमा मदिराको बट्टा देखेपछि तस्वीर खिचेर फेसबुकमा पोष्ट गरेका छन् ।

यो समान्य विषय होइन । हिन्दुहरुको आस्थाको केन्द्र तथा मुख्य धरोहर जानकी मन्दिर जस्तो पवित्र धार्मिक स्थलको छतमा यसरी मदिरोको खोल भेटिनु या त लापरवाहीको पराकाष्ठा हुन्छ नभए यो धार्मिक अपराध नै हो । कसैले फालेको भएपनि यस्तो दृश्य धार्मिक आस्थाको लागि शोभनिय विषय होइन ।

तस्वीर खिचेका पत्रकार निरञ्जन साहको अनुसार मदिराको बट्टा भक्तजनहरु दर्शन गर्ने मुख्य मन्दिरको दक्षिण तर्फ रहेको तल्लाको छत माथी देखिएको थियो । पानीको बोतल संगै रहेको खाली बटटाले मन्दिर प्रशासनको लापरवाही उदाङ्गो पारेको छ ।

जानकी मन्दिर परिषर भित्रको छतमा मदिराको खोल भेटनु अकल्पनिय र अनेकन शंकाको विषय त हो नै कुनै कारणवस मदिराको वटट लापरवाही पुर्वक त्याहाँ पुगेको भएपनि यो दृश्य कुनै पनि दृष्टिकोणबाट सहनिय नरहेको देखिन्छ ।