एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : नेपाली कांग्रेसलाई चुनावमा जाने हतारो रहेको देखिएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको निर्णयमा पार्टी सभापती देउवाको समेत समर्थन रहेको आरोप लागि रहेकावेला पार्टी उपसभापति विमलेन्द्र निधिले स्र्वोच्च अदालतले चुनावको पक्षमा फैसला गरे आन्दोलनको कुनै तुक नरहने बताएका छन् ।
प्रेस युनियन नेपाल धनुषाद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रधानमन्त्री ओलीको कदमलाई असंबैधानिक बताए भने स्र्वोच्चको आदेश पछि हुने निर्वाचन विलकुल संवैधानिक हुने तर्क गरेका छन् । उनले भने, ‘संसद विघटनको प्रावधान संविधानमा छैन तर प्रधानमन्त्रीले त्यसो गरेपछि अब त्यसको निर्णयको जिम्मा स्र्वोच्चको हातमा छ ।’

निधिले अव दुईवाट मात्र विकल्प रहेको बताउदै सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए । निधि पार्टीको सभापतीको रेशबाट पनि पछि हटने संकेत गरेका छन् । पार्टी सभापतीमा यहाँको उम्मेदवारी यथावत रहन्छ त भन्ने प्रश्नमा निधि भने, ‘यसबारे अव महाधिवेशनका बेला मात्र कुरा गरौंला ।’ निधिले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताएका छन् ।





