एसपी रिपोर्टर
जनकपुरधाम, २६ पुस : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल राष्ट्र बन्न नसकेको भन्दै बन्ने प्रक्रियामा नै रहेको बताएका छन् । तराई, मधेश, पहाड, हिमालमा बसोबास गर्ने जनताको अधिकार सुनिश्चित हुने गरी संविधान निर्माण भएपछि मात्र नेपाल राष्ट्र निर्माण हुने नेता महतोले जिकिर गरेका छन् ।
धनुुषाका नगराइन नगरपालिका ७ देवडिहामा डा.लक्ष्मी नारायण झा समुदायिक भवनको समुद्घाटन समारोहमा नेता महतोले सबैका प्रतिनिधित्व र पहँुच भएमा मात्र राष्ट्र निर्माण भएको भन्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताउदै उनले भने, ‘केपी ओली संविधान निर्माणको बेलामा पनि प्रतिगमन गरे, जनताको टाउँको र छातिमा गोली हानेर संविधान निर्माण गरे । अब आफैले निर्माण गरेको संविधानमाथि प्रतिगमन गरेको छ ।’

आक्रमक हुँदैन वरिष्ठ नेता महतोले भने, ‘लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि जनता समाजवादी पार्टी सडकमा आन्दोलनमा उत्रेका छन् ।’ मधेशी जनताको बलिदानबाट यो संघीयता आएको हो । संघीयतालाई समाप्त पार्ने षड्यन्त्रकारी ओली आफै समाप्त भएर जानेछ ।’ हरिदत्त समाज कल्याण उत्थान संस्थाद्वारा आयोजित डा.लक्ष्मी नारायण झा समुदायिक भवनको समुद्घाटनमा वरिष्ठ नेता महतोले डा. झाको योगदानको चर्चा गर्दै भने ‘उहाँको नाउँमा समुदायिक भवन निर्माण भयो, स्व. दूर्गानन्द झाको नाउँमा अस्पताल निर्माण हुन लागेको छ । अब डा. झाको नाउँमा पुस्तकालय निर्माण गर्न समाज कल्याणलाई आग्रह छ ।’

लोकतन्त्र गणतन्त्रको नायक डा. लक्ष्मी नारायण झा रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए । उनले भने, लोकतन्त्रको स्थापनाका लागि आवाज उठाउँदा राजाले उनलाई बेपात्ता पार्यो । उहाँको शव नभेटिएपनि उहाँ हामीहरुका लागि अमर शहीद रहेको बताए । उनले डा. झासँग आफू पनि कतिपटक जेलनेल भोगेको स्मरण गरे । जनताको बलिदानीबाट आएको संघीय कसैले समाप्त पार्न नसकिने उनले ठोकुवा गरेका छन् । डा. झाको नाउँमा एउटा पुस्तकालय सञ्चालन गरिए उपमहानगरपालिका सहयोग गर्न तयार रहेको उनले बताए । जसपाका केन्दिय सदस्य राजीव झा, रिता कुमारी मिश्र, ज्ञानेन्द्र झा ज्ञानु, जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा सहितका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।





