पुरन रौनियार
जनकपुरधाम, पुष २६ : प्रधानमन्त्री केपि शर्मा ओली संसद विघटन गरि चुनावको घोषणा गरेपछि नेकपाकै अर्को समुहका साथै कांग्रेस सहितका दलहरु समेत त्यसको विरोध गरिरहेको छ । तर नेपाली कांग्रेसको विरोध भने देखावटी सावित हुदै गएको छ ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा चुनावको पक्षमा वौकालत गर्नु मात्र नभई आइतवार कांग्रेसका उपसभापती विमलेन्द्र निधीको जनकपुरधाम आगमणको प्रकृतीले पनि नेपाली कांग्रेस चुनावमा गइसकेको स्पष्ट गर्दछ । विपि राजर्मागको सडकबाट जनकपुरधाम आउन लागेका निधीको स्वागत गर्न उनका समर्थकहरु महातरीको बर्दिवास सम्म पुगेका थिए ।

बर्दिवास पुगेर स्वागत गर्नु समान्य हुन सक्ला तर उनको आइतवारको आगमणले उनलाई चुनाव लागि सकेको प्रष्ट गर्दछ । चुनावी रयाली जस्तै निधी आफु सवार गाडीको ओपन सन प्रुफबाट जनतालाई अभिवादन गरिरहेका थिए । लाग्दथ्यो चुनावको प्रचार प्रसारमा कांग्रेस रमिसकेको छ । निधीको यस अघिको आगमण र आजको आगमणको भिन्नता नै कांग्रेस र निधीलाई चुनाव लागि सकेको प्रमाणित गर्दछ ।

अघि अघि केहि दर्जन मोटरसाईकल र करिव एक सय चारपाँग्रे गाडीको लस्कर सहित बर्दिवासबाट जनकपुरधाम आएका निधीको ¥यालीलाई हेरिरहेका एक सर्वसाधारण भन्दै थिए, ‘न त कांग्रेसका सभापती भएका हुन न त मन्त्री नै यो लस्कर के का लागि ? अनि कांग्रेसले ओली कदमको विरोध गर्न सुहाउँछ ?’

कांग्रेस ओलीको विरोध नैतिकता बचाउन मात्र गरिरहेको आरोप लाग्न थालेको छ । देउवा चुनावमा गएर पार्टीको सिट बढाउन तम्तयार छन भने चुनाव हारेका रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाका लागि समेत ओलीले सुर्वण अवसर जुडाइदिएकाले कांग्रेस र ओली समुह चुनावको आन्तिरक तयारीमा रहेको प्रष्ट भएको छ । कांग्रेसले ओलीको विरोध गर्नु ढोङ्ग मात्र रहेको विश्लेषकहरुको भनाई छ ।





