एसपी रिपोर्टर
काठमाण्डौं, पुष २५ : शनिवार मधेशका केहि युवाहरु युवा संघको ब्यानरमा धोती जुलुश निकाले । युवा संघ प्रदेश २ को अगुवार्ई भनिएपनि मधेशमा खटने ओली समुहका युवाहरुले मधेशका केहि जिल्लाबाट युवाहरु मगाएर धोती कुर्ता र गम्छा पहिरनमा काठमाण्डौंमा धोती जुलुश प्रर्दशन गरेका छन् ।
ओली समुहका युवा अगुवा मानिने निर्वतमान सांसद समेत रहेका महेश बस्नेतको सम्पर्कमा रहेका मधेशका युवाहरुको समुहको योजनामा सो प्रर्दशन भएको छ । तर तराई मधेशबाट जुलुशका लागि मधेशी युवाहरुलाई काठमाण्डौं बोलाए पनि उनीहरुको त्यो पुर्खयौली पहिचान झल्किने पहिरन र पोशाकको सम्मान समेत गरिएन ।

जुलुश मै सहभागि एक युवाले एसपी खवरलाई भने हामीलाई त बोलाइयो तर ति पोशाक र पहिरनको सम्मान गर्नका लागि समेत जुलुशको अगुवाई गरेका नेता बस्नेतले कम्तिमा त्यो पहिरन लगाउनु पर्दथ्यो । बस्नेत सहित यस जुलुशको अगुवाई गरेको ओली समुहका कुनै पनि खश युवाहरुले धोती कुर्ता नलगाएको तस्वीरले प्रष्ट हुन्छ । बस्नेतले शुर्ट माथी गम्छा हालेका छन तर केहि छिनका लागि पनि ढाका टोपी उर्तान नमानेको तस्वीरले स्पष्ट देखाउँछ ।
जुलुश हेर्न मात्र गएका एकजना काठमाण्डौं बस्ने युवाले भने, ‘मधेशी युवाहरु कसरी प्रयोग हुन्छ र लोभको पछाडि कुदछन भने कुरा महुशस गर्न पाएँ ।’ जुलुशका लागि नाइट बसमा युवाहरुलाई काठमाण्डौं बोलाएर न्यायो मेझमानी दिइएको बताइन्छ । प्रर्दशनको चाँजोपाँजो मिलाएका ति समुहका मधेशका अगुवा युवाहरुले पनि बस्नेत सहितका उनका समुहले पनि धोती कुर्ता लगादिए राम्रो हुने सोचेका थिए तर अन्तत उनीहरुले सो पोशाक नलगाएको बताइएको छ ।





