एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी ओली समूहमा तीनसयभन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । नेकपा ओली समूहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा राखेको कार्यकर्ता भेला कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता प्रवेश गरेको जनाइएको छ ।

सोही वडाका वडा अध्यक्ष रामेश्वर महासेठको अध्यक्षतामा भएको पार्टी कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री रघुवीर महासेठ र बिशिष्ठ अतिथी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले नव प्रवेशीलाई फुलमाला तथा अबिर लगाएर स्वागत गरेका छन् ।

नव प्रवेशीहरुमा जनकपुरधाम उपहानगरपालिका २१ कुर्थाका लागि तत्कालीन संघीय समाज फोरमबाट प्रत्यासी नेता रामदेव महासेठ र लोकतान्त्रिक फोरमका प्रत्यासी नरेश महासेठ लगायत तीनसय बढी रहेको जनाइएको छ ।

त्यसैगरी आजै मन्त्री महतोले महोत्तरीको मटिहानी नगरपालिकाको वाड नं. ८ स्थित बिगही खोला पुलको शिलान्यास समेत गरेकी छन् । नगरपालिकाका मेयर हरि मण्डलको अध्यक्षतामा भएको पुल शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले नेकपामा विकासमा ध्यान दिने पार्टी रहेको बताउदै आफुहरु राजनिति चुनावमा मात्र गर्ने र त्यसपछि मात्र विकासको बारेमा सोच्ने पार्टीको कार्यक्रता रहेको बताए ।





