एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ :
जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ६४ जनाले रक्तदान गरेका छन् ।

धनुषा रेडक्रस सोसाईटीमा रगतको अभाव भएपछि रेडक्रसको आग्रहमा गरिएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक हस्पिटलका संजय यादवले बताएका छन् ।

पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवले समुदघाटन गरेको रक्तदान कार्यक्रममा हस्पिटलकै चिकित्सक, नर्श सहितका कर्मचारीहरु तथा स्थानिय युवा, युवतीहरुले रक्तदान गरेका छन् । पुर्व राज्य मन्त्री यादवले रक्तदान जिवन दान भएकाले रगत अभावका वेला हस्पिटल प्रशासनबाट गरिएको रक्तदान कार्यक्रम सराहनीय रहेको बताएका छन् ।