एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ :
धनुषामा प्रचण्ड–नेपाल समुह बलियो रहेको दावी भइरहेका बेला ओलीले समुह विशाल जनसहभागिता प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समुहलाई दल फोडुवा समुहको संज्ञा दिएका दिएका छन् । मंगलवार नेकपाको ओली समुह धनुषामा विशाल जनसहभागिता जुटाउदै नगरमा प्रर्दशन सहित बृहत कार्यक्रता भेलाको आयोजना गरि शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड–नेपाल समुहले तत्कालिन एमाले र हालको नेकपा प्रदेश २ को कार्यालय मिथिला भवन आफुहरुको रहने दावी गरिरहेकै वेला ओली समुह सोहि कार्यालयको प्राङ्गणमा शक्ति प्रर्दशन गर्दै ओली समुहका नेता इश्वर पाखरेलले प्रचण्ड–नेपाल समुहलाई दल फोडुवा समुह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् ।

तत्कालिन एमाले लचकता देखाएर माओवादीलाई अर्का अध्यक्ष दिई पार्टी एकता गरेको भन्दै माओवादीको अधिकांश नेता एमालेसंगै रहेकाले मुल पार्टी र चुनाव चिन्ह पनि आफुहरुकै रहने दावी गरेका छन् । ओली समुह समेत अर्का समुह माथी आक्रमक देखिएका छन् ।

सोहि ठाँउमा केहि दिन पुर्व प्रचण्ड पक्षका नेता रामचन्द्र झाले ओली धनुषा आए दाँत भाच्ने अभिव्यक्ति दिएकोमा प्रतिकार गर्दै ओली समुहका नेता रघुविर महासेठले त्यस नेताको हैसियत ओलीसंग भेट गर्ने समेत नरहेको चेतावनी दिदै दाँत झार्ने भन्नेको घरमै पुग्ने शक्ति आफुहरुसंग रहेको बताए । उनले भने, ‘यो पार्टी कार्यालय हाम्रो थियो हाम्रो छ र रहिरहेन छ ।’

सभालाई संघिय सरकारका मन्त्री प्रभु साह, लिलानाथ श्रेष्ठ, जुली महतो प्रदेश सांसद ज्वाला साह नेता सत्यनारायण मण्डल, योगनारायण यादव, असर्फी भिन्वार तथा राजकिशोर यादव सहितकाले सम्बोधन गरेका थिए । विभिन्न सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।