पुरन रौनियार
जनकपुरधाम, पुष १७ : विभिन्न घटनामा आरोपित भन्दै धनुषा प्रहरीले पाँचजनालाई पक्राउ गरि सार्वजानिक गरेका छन् । आज ३ः३० मा पत्रकार सम्मेलनको आयोजना गरि धनुषा प्रहरीले पाँच वर्षका बालकलाई कर्तव्य गरि ज्यान मार्ने एक महिला सहित सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चार गरि कुल पाँचलाई पक्राउ गरि सार्वजानिक गरेको छ ।
भिडियो
बालकको ज्यान मार्ने आरोपमा बिदेह नगरपालिका वडा नं. २ दुहवी बस्ने ब्रहमदेव राय अमातकी जेठी छोरी बर्ष २६ कि प्रमिला देवी अमातलाई सार्वजानिक गरिएको छ । उनीमाथी सोहि ठाँउ बस्ने जिवन अमात रायको पाँच वर्षका छोरा अभिनन्दन राय अमातको हत्या गरेको आरोप छ । प्रमिला नातामा मृतक बालकको फुफु रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

गत पुष १५ गते देखि हराई रहेका बालक अमातको शव उनका बाजे ब्रहमदेवको भैसी बाध्ने गोठघरमा खाल्डो खनेर गाडिएको अवस्थामा १६ गते बरामद भएको थियो । थप अनुसन्धान गर्दा पैसा लेनदेनको रिसीवी कारण ब्रहमदेवकी छोरी प्रमिला आफनै भाईको छोरालाई चाँउचाँउ खान दिने लोभमा बोलाएर चाँउचाँउ खान दिई सुताएको र घाँटी थिचेर हत्या गरि खोल्डो खनेर शव गाडेको आरोप छ ।

त्यसैगरि सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चारजना क्रमश भारत विहार जिल्ला अररिया फारबिसगंज घर भई नेपालको मोरङ्गको बिराटनगर महानगरपालिका वडा नं. १ बस्ने राजकुमार साहको छोरा २७ वर्षिय समिर साह, महोतरी भंगहा नगरपालिका वडा नं. ९ बस्ने दिनेश यादवका छोरा वर्ष २ को आदित्य कुमार यादव, धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने बैजनाथ साहको छोरा ३० वर्षिय चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने सुट्टा साहको छोरा वर्ष ५० को रामचन्द्र साहलाई पक्राउ गरि सार्वजानिक गरिएको छ ।

गत पुष १६ गते भारत विहारका समिर जनकपुरधामको रामानन्दचौक स्थित होटल सिटि प्यालेस गेष्ट हाउसको कोठा नं. १०६ मा बसेर सरकारी कागजको दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको खवर पाएका प्रहरीले उनलाई पक्राउ गरेका थिए । उनको कोठाबाट बरामद भएको कालो रंगको कपडाको सुटकेशमा नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरो सहितको छापहरु बरामद भएपछि उनको बयानको आधारमा वाँकी थप तिनजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

उनीहरुको साथबाट विभिन्न बैंकको स्टाम्प ४० थान, नक्कली सरकारी प्रमाणपत्र, प्लाष्टिकको पेस्तोल तिन थान, विभिन्न बैंकको चेकबुक, नक्कली सिबिआईको परिचय पत्र सहित कुल २३ किशिमको सरसमानहरु बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीर/भिडियो : संजय साह/एसपी खवर





