एसपी रिपोर्टर
जनकपुरधाम, पुष १७ :
नयाँ वर्षको पहिलो दिनमै नेकपा प्रदेश २ मा भुकम्प आएको छ । संसदिय दलका नेता ओली पक्षका प्रदेश २ ईन्चार्ज सत्यनारायण मण्डल विरुद्व प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने वितिकै एसपी खवरसंगको कुराकानीमा मण्डलले अविश्वासले केहि नहुने कांग्रेस प्रमुख प्रतिपक्षी भने हुने उनले बताए ।

मण्डले भने, ‘हामी धैर्य गरेरै अहिले पार्टी र सरकारको नेतृत्व सम्म आइपुग्यौं, अझै धैर्यतामा विश्वास गर्छौ जसलाई कहि हतारो छ उस्को लागि यि सव स्वभाविक नै हो ।’ आफु सप्तरी स्थित गाँउमा रहेको र मोबाईलको नेटर्वक नरहेको भन्दै उनले भने, ‘अविश्वासले मलाई केहि फरक पर्दैन, जसलाई पर्छ उस्ले सोच्ने हो ।’

एता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड(नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड(नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड(नेपाल पक्षको दाबी छ । ‘दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ,’ सांसद शत्रुघन महतोले भने, ‘आइतबार बैठक बसी उनलाई पदबाट हटाइनेछ ।’

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व दुई दिन अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए । ‘अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ तर हामीले आधाभन्दा बढी सांसद हस्ताक्षर गरिसकेका छौं,’ सांसद महतोले भने ।

नेता श्री प्रसाद साहका अनुसार भने कुल ३२ सांसदमा २० जना प्रचण्ड–नेपाल पक्षमा ९ जना ओली पक्षमा र ३ जना तटस्थ रहेको अवस्था छ । आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले शुक्रबार पत्रकारहरु समक्ष बताएका छन् ।