एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : नेकपा ओली समुहको प्रदेश भेला पर्साको बिरगंजमा सम्पन्न भएको छ । पार्टीको अगामि रणनिती तय गर्न एक दिवसीय प्रशिक्षण मुलक कार्यक्रता भेला गरिएको एक नेताले बताए । प्रदेश इन्चार्ज सत्यनारायण मण्डलको अध्यक्षतामा अर्थ मन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको विशेष उपस्थितीमा भेला भएको हो ।
पार्टीको अर्को समुह सडक संर्घषमा गइसकेपछि कार्यक्रताले के गर्ने कसरी अगाडि बढने भने विषयमा छलफल भएको र नेताहरुले प्रशिक्षण दिएको त्यस नेताले एसपी खवरलाई बतायो । भेलामा प्रदेश २ मा प्रशिक्षकका रुपमा खटाइएका रघुविर महासेठ, जुली महतो, प्रभु साह सहित सुमन प्याकुरेल, ज्वाला साह, लिलानाथ श्रेष्ठ सहितको उपस्थिती रहेको थियो । प्रदेशसभा आयोजित सभाहल भरिभराउ देखिन्छ ।








