एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : अनौपचारिक रुपमा फुटीसकेको नेकपाको आन्तिरक विवाद जिल्ला तह सम्म विस्तारमा देखिएको छ । धनुषामा ओली समुह मौन जस्तै छन भने प्रचण्ड–माधव समुह विभिन्न विरोध तथा प्रचारवाजीको कार्यक्रम गरिरहेका छन् । विवाद यहाँ सम्म छ की प्रचण्डका नेताहरु कसैले ओलीको दाँत भाँच्ने त कसैले धनुषामा आँउदा बलमे स्वागत गर्ने चेतावनी दिइरहेका छन् ।
नेकपा बिबाद जिल्लामा पनि व्यापत छ । विवाद यहाँ सम्म छ कि प्रचण्ड–नेपाल पक्षले ओली नसचिए धनुषामा दाँत भाच्ने देखि प्रधानमन्त्री र राष्ट्रपती धनुषामा आए बमले स्वागत गर्ने सम्मको चेतावनी दिएका छन् । एकचोटी प्रचण्ड समुहका नेता रामचन्द्र झाको अभिव्यक्ति सुन्न लायक थियो ।

केहि दिन अगाडि मात्र जनकपुरधामका भएको प्रचण्ड–नेपाल समुहको भेलामा नेता झाले कम्युनिष्टहरुको नाममा कतिले लाठी, गोली र बन्दुकको नाल मात्र खाएको त कतिले सत्ता र भत्ताको नाममा माल मात्र छापेको आरोप लगाए । नेता झाले ओली माथी विश्वास गर्नु गणतन्त्रवादी नेताहरुको लागि घातक सिद्ध भएको बताए ।
स्थाई कमिटि सदस्य गणेश साहले ओली र स्व.नेता मदन भण्डारी पत्नी विद्या भण्डारी गणतन्त्रको पक्षमा नरहेकाले यस्तो परिस्थती देखिको बताए । उनले भने, ‘२०१७ सालमा निरंकुश राजा महेन्द्रले गरेको ‘कु’ विरुद्व जनकपुरधाममा जसरी बम प्रहार भएको थियो ओली र भण्डारीको हेलिकप्टर समेत धनुषामा ल्याण्ड गर्न गा¥हो हुन्छ ।

प्रचण्ड समुहकै अर्का नेता जनयुद्वका कमान्डर श्रवण यादव बरबरियाको संकेत पनि त्यस्तै देखियो । मंगलवारको प्रदर्शनका क्रममा भानुचौकमा बोलेका बरबरियाले महेन्द्र राजाको निरंकुशता विरुद्व जनकपुरधाममा उनको स्वागत जसरी बमबाट भयो त्यसरी नै यहाँको जनता पुनः सोच्न बाध्य हुने चेतावनी उनको थियो ।

प्रचण्ड समुहका नेताहरु आक्रमक बन्दै गएका छन् । ओली समुह भने अहिले सम्म शान्त रहेको देखिन्छ । तर चुनावको माहोल यदि बन्ने हो भन्ने नेकपाको बिबादले द्वन्द्वको वातावरणको सृजना गर्ने देखिन्छ ।






