एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : नेकपामा आएको फुट संगै संघिय सांसद दम्पती रघुविर महासेठ र जुली महतो चर्चामा छन् । महासेठ प्रचण्ड–नेपाल तथा महतो ओली समुहको केन्द्रिय समितिको बैठकमा पुगेपछि दुवैजनाको चर्चा देशव्यापी सुरु भएको छ । राष्ट्रिय मिडियाहरुले समेत यस विषयलाई प्राथमिकता दिइरहेको बेला एसपी खवरले महासेठ स्रोत संग पाएको जानकारी अनुसार महासेठ अझै कुन पक्षमा लाग्ने भन्नेमा अनिर्णित छन् ।
पुर्व मन्त्री समेत रहेका महासेठ प्रचण्ड–नेपालको बैठकका आज गएपनि उनको समुह छनौटको निश्चितता भने भइसकेको छैन । महासेठ निकट स्रोतले एसपी खवरलाई भन्यो, ‘बामदेव र बादल नै ढुक्क हुन नसकिरहेको बेला किन हतार गर्नु हुन्छ ? प्रतिक्षा गर्नोस ।’ यद्यपि बिचारमा महासेठ र जुली बिच भने मत भिन्नता रहेको बताइन्छ । महासेठ संसद पुर्नगठनको पक्षमा रहेका छन भने महतो जनतामा जानु ठिकै हुने तर्क गरिरहेकी छन् ।

यस विषयमा महतो स्रोतले भन्यो, ‘दुई समुहमा भएपनि हाम्रो मुख्य एजेन्डा जनकपुरधाम सहित मधेशको विकास हुनेछ ।’ अन्य नेताहरुको घरमा त एकै परिवारमा अनेकन पार्टीका राम्रा नेताहरु रहेको तर्फ ध्यानाकर्षण गराउदै महतो स्रोतले भन्यो, ‘भएपनि हाम्रो समुह मात्र फरक हुने हो, सिद्वान्त तः हामी बामपन्थी नै हौं नी ? ।’ तत्काल केहि समस्या रहेपनि कम्युनिष्टहरु पुनः एक ठाउमै आउनेमा महतो पक्षको दावी छ । स्रोतका अनुसार दम्पतीहरु दुई समुहमा बाँडिए महासेठको सम्पर्क कार्यालय क्षेत्र नं. ४ को महेन्द्रनगरमा सञ्चालनमा आउने छ यद्यपि बामदेव गौतम समेत अनिर्णित रहेकाले भोली मात्र समुहको निश्कर्ष लाग्ने छ ।





