एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : विकास पुरुष भनेर चिनिने समाजसेवी स्व. मकेश्वर प्रसाद सिंहको दशौं स्मृति दिवस मनाइएको छ । विकास पुरुष मकेश्वर बाबु समाजिक प्रतिस्ठानद्वारा जनकपुरधाममा श्रद्धाञ्जलीसभाको आयोजना गरि स्व. सिंहको योगदान तथा व्यक्तित्वको चर्चा परिचर्चा गरिएको छ ।
सोहि अवसरमा प्रत्येक वर्ष प्रदान गरिने “मकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार २०७७” बाट यस वर्ष पत्रकार श्यामसुन्दर शशीलाई सम्मानित गरिएको छ । पत्रकार शशीलाई नगद राशी सहित कदर पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित प्रदेश सांसद रामअशिष यादव सहितका अतिथिहरुले पत्रकार शशीलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, समाजसेवी अमरचन्द्र अनिल, प्रतिष्ठानका अध्यक्ष एवं स्व. सिंहका नाती रितेश सिंह, कर्लश एफएमका सञ्चालनक समेत रहेका रुपेश सिंह सहितका वक्ताहरुले मकेश्वर बाबुले समाजमा पुर्याएको योगदान बारे चर्चा परिचर्चा गरेका थिए ।






