एसपी रिपोर्टर
काठमाण्डौं, पुष १ :
पूर्वप्रधानमन्त्री एबं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले तत्काल संसद अधिवेशन आब्हान गरी राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराइले ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ । सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन् ।

तर डा भट्टराईले भने ओलीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनुपर्ने उल्लेख गरेका छन् ।