एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनको निर्णयले मधेशमै हर्षको वातावरण बनेको छ । निर्णयको चौतफी सराहना भइरहँदा मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरले आज आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुक्त हुने भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने उल्लेख गरे ।
मणिपालले गुठी संग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानका लागि प्रयोग गरिने मुख्यमन्त्री राउतको कथन छ । प्रादेशिक अस्पताल जनकपुरलाई आज सम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीतिकर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारले प्रतिष्ठान स्थापन गर्ने निर्णय गरेको र यो निर्णय कार्यान्वयनका लागि मधेशका जनताले समेत सहयोग गर्नुपर्ने बताए । धरानमा सवैको सहयोगले मात्र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित हुन सकेको भन्दै यसमा यो पार्टी त्यो पार्टी नगरि सवैले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोरले प्रदेश सरकारको निर्णय स्वागत योग्य रहेको बताउदै सक्दो सहयोग गरिने बताए । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, पूर्व मेसु एवं सभासद डा. विजय कुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।