एसपी रिपोर्टर
काठमाण्डौं,, मसिंर १६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्वाराहीमा बस्ने तय थियो । तर प्रधानमन्त्री ओलीले आफु माथी सुरक्षा थ्रेट रहेको भन्दै बालुवाटारमै बसौं नभए म आउन्न न भनिदिए । महासचिव विष्णु पौडेलले यो सुचना सवै सचिवालयका सवैलाई सुनाए । प्रचण्डले पौडेललाई सोधे, ‘प्रधानमन्त्री ज्यूलाई कस्तो सुरक्षा थ्रेट छ ? कहाँवाट सुचना आयो ?’ पौडेलको जवाफ थियो, ‘गृह मन्त्रालयवाट’ ।
प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई फोन गरेर सोधे, गृहमन्त्रीले पनि सुचना सहि रहेको सुनाए । अनि वैठकका लागि सवैजना बालुवाटारलाई नै पुनः रोज्नु परयो । तर बालुवाटारमा पनि पहिलाको जस्तो समान्य अवस्था देखिएन । पत्रकारलाई अचानक प्रवेश निषेध गरि अपमान गरियो । सुरुमा पत्रकार र सञ्चारकर्मीको नाम तालिका संकलन गरिएपनि पछि तत्काल बाहिर नै बस्नु पर्ने भनियो ।
पत्रकारले लिए आफनै अडान
वार्ता सकिएपछि पत्रकारहरुलाई ल भित्र आउनोस भनियो तर पत्ररकाले जवाफ फर्काए र भने, ‘ यो हाम्रो अपमान हो, हामी भित्र जादैनौं, पार्टी प्रवक्ता हामी बसेको ठाँउ (सडक) मै आएर आजको बैठकको सुचना हामीलाई दिनु परयो ।’ पत्रकारलाई घण्टौं सडकमै बस्न बाध्य पारिएकाले पत्रकारले पनि पार्टी प्रवक्ता सडकमै आएर प्रतिक्रिया दिनुपर्ने अडान लिए र सफल पनि भए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सडकमै आएर आजको बैठकको निश्कर्ष पत्रकारलाई सुनाएको बुझिएको छ ।





