एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : जनता समाजवादी पार्टीका शिर्षनेता सरत सिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि धातक रहेको बताएका छन् । जनकपुरधाममा आयोजित विद्यापति स्मृतीपर्व २०७७ को समुदघाटन कार्यक्रममा बोल्दै पुर्व रक्षा मन्त्री समेत रहेका नेता भण्डारीले भने, ‘उतर तिरको अतिक्रमण केहि होइन तर दक्षिण तर्फको अतिक्रमण राष्ट्रियता हुन्छ, यो सरकारले गर्न खोजेको ?’
वर्तमान सरकारको कारण दुई ठुला छिमेकी शक्तिहरुसंको सम्बन्ध बिग्रदै गएको र यस्ले देशकै राष्ट्रियता धरापमा पर्ने सम्भावना रहेको उनको जिकिर छ । भण्डारीले मैथिलि शिक्षा तत्कालै प्राथमिक तहमा लागु गर्न प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् । प्रदेश २ मा सर्वाधिक बोलिने भाषा र मैथिली शभ्य र शिष्ठ भाषा समेत रहेकाले शिक्षामै लागु गर्नुपर्ने उनले बताए । कबि कोकिल विद्यापतिको रचना र मैथिली भाषाको विकासको चर्चा गर्दै उनले मैथिलीको विकासले प्रदेशको समेत विकास हुने बताए ।

कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, मैथिली ब्राह्मण महासभाका केन्द्रिय अध्यक्ष भगवान झा, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, युवा नेता ज्ञानेन्द्र झा ज्ञानु विद्यापति स्मारक संरक्षण समितिका पदाधिकारीहरु सहितको उपस्थिती थियो ।





