एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १२ : जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा विहिवारवाट सुरु भएको जनकपुरधाम टि–२० च्याम्पियनशिपको आजको पहिलो खेलमा धमौरा क्रिकेट एकेडेमी ११ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ्ग थालेको धमौरा टिमले सवै ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय ३१ रनको योगफल तयार गरेको थियो । प्रतिउतरमा ब्याटिङ्ग गर्न आएका राजदेवी युवा कमिटि टिमले सवै ओभर खेल्दै ८ विकेटको क्षतीमा मात्र १ सय २० रन मात्र बनाउन सक्यो ।
आजै भएको दोस्रो युनिक २.० क्रिकेट एकेडेमी विरुद्व सिरहा क्रिकेट एकेडेमी बिचको खेलमा सिरहा क्रिकेट एकेडेमीले ३३ रनले बाजी मारेको छ । टस जितेर पहिला ब्याटिङ्ग रोजेको सिरहा टिमले निधार्रित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय २३ रन जोडयो । १ सय २४ रनको लक्ष्य पछयाउन मैदान उत्रेका युनिक टिमले मात्र ९० रन जोडन सक्यो । दुवै खेलका म्यान अफ द म्याचलाई आयोजकले सम्मान र पुरस्कृत गरेको छ । प्रतियोगीतामा नेपाल र भारतको एक टिम गरि कुल १६ टिमको सहभागिता रहेको र यो प्रतियोगीता ९ दिन सम्म चल्ने आयोजकले जनाएको छ । हरिज स्पोर्टस जोनको आयोजना जिल्ला क्रिकेट संघ धनुषाको सहयोग र ई. प्रेम चन्द्र रायको संयोजनमा प्रतियोगीता आयोजना गरिएको छ ।







