एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ :
विभिन्न वडा अध्यक्षहरुले छठ पर्वको अवसरमा वडाका गरिव विपन्नलाई छठको पुजा समाग्री वितरण गरेपछि दबाबमा परेका जनकपुरधाम वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहले चन्दा संकलन गरि वडाका गरिव विपन्न ब्रतालुहरुलाई साडी सहयोग गरेको छ । एसपी खवरसंगको कुराकानीमा वडा अध्यक्ष साहले भने, ‘के गर्ने अरु वडामा सहयोग गरिएपछि आफनो वडामा पनि अपेक्षा देखियो, बजेट छैन, साथीभाईको सहयोगले साडी सहयोग गरेको हँु ।’

उनका अनुसार स्थानिय रबि गोयन्का, मिथिलेश ठाकुर, दिपेन्द्र ठाकुर ‘दिपु’ मनोज साह (महेन्द्र मेडिकल) गौतम गुप्ता, सन्तोष मण्डल सहितको सहयोगमा कुल ६५ जना ब्रतालुहरुलाई ६५ थान सारी बितरण गरिएको छ । उपमहानगरपालिककै अन्य वडा अध्यक्षहरुले वडामा ब्रतालुलाई पुजाको सरसमान र साडी वितरण गरेपछि वडा वडामा गरिव विपन्नहरुले अपेक्षा राख्नु स्वभाविक रहेको उनले बताए ।