एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ : कोरोनावाट बच्न समाजिक दुरी अपरीहार्य छ भने छठ पर्व सामुहिक रुपमै पोखरी र जलासयमा उपस्थिती भएर मनाइने परम्परागत महान पर्व हो । देशमै सवै भन्दा धुमधामका साथ छठ पर्व जनकपुरधाममा मनाइन्छ । जनकपुरधाममा कोरोनाको कहरले पनि छठको तयारीमा कुनै प्रभाव पारेको देखिदैन ।
एकातर्फ कोरोना महामारीको जोखिम छ भन्ने अर्को तर्फ सांस्कृतीक पर्वहरु मनाउनै पर्ने बाध्यता पनि । झन छठ पर्व मनाउने तरिका पनि फरक छ । यो पर्व घर नजिकको पोखरी, जलाशय वा तालतलैया र नदीमा सामुहिक रुपमै मनाउने भएकाले समेत कोरोनाको उच्च जोखिम हुन सक्ने सम्भावना छ तर पनि श्रद्धालुलाई त्यसको प्रवाह छैन । जनकपुरधाममा धुमधामका साथ छठ मनाउन यहाँका मुख्य सरोवर गंगासागर, धनुष सागर, अरगज्जा पोखरी, दशरथ तलाउ सहितका जलाशयहरु दुल्ही झै सजाउने क्रम जारी छ ।

छठ व्यवस्थापन गर्ने पुजा समितिका अगुवाहरुका अनुसार स्थानिय घरमा छठ पर्व मनाउन मानेका छैनन् । तपाँइहरुले व्यवस्था नगरे हामी आफै आएर घाट सजाउछौं भन्ने तर्क स्थानियको रहेको उनीहरु बताउछन् । सवै भन्दा भिडभाड हुने गंगासागर छठ आयोजकका अनुसार ब्रतालुसंग एकजना मात्र घाट (पोखरीको पुजा स्थल) मा आउन आग्रह गरिएको छ । दर्शनार्थीहरुलाई सरोवर घाटमा भिडभाड गर्न दिइने छैन तर सो नियम पालनामा भने आशंका छ ।

छठपुजाको तयारी गर्ने क्रममा सरोबर छेउछाउ भेटिएका समाजिक अगुवाहरु भने सतर्कता अपनाउनु पर्नेमो जोड दिन्छन् । उनीहरु समाजिक दुरी, सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गरि भिडभाड नगर्न सवैले आ–आफनो स्थानवाट भुमिका खेल्नु पर्ने बताउछन् । छठमा कोरोनाको जोखिम रहेको भएपनि तिनै तहको कुनै पनि सरकार र प्रशासनको कुनै पनि उपस्थिती नदेखिएको उनीहरुको आरोप छ । सरकार बेवास्ता गर्दा पनि प्रदेश २ का जनता देवीदेवता र यस्तै सांस्कृतीक पर्वहरुको कृपाले हदै सम्म सुरक्षित रहेकाले धार्मिक र अध्यात्मीक संस्कृती नछोडने उनीहरुको भनाई छ ।

स्थानिय प्रशासन छठ पर्व सजगताका साथ मनाउन अपिल सहितको सुचना वाहेक केहि पनि गर्न सकेको देखिदैन भने स्थानिय नियम मान्ने पक्षमा पनि देखिदैन । छठ पर्वको दोस्रो दिन आज साँझ खरना विधि गरिदै छ । त्यसपछि शनिवार विहान सम्म निराहार ब्रत बसी ब्रतालुहरु भोली साँझ अस्ताउदा र शनिवार विहान उदाउँदा सुर्यलाई अर्घ दिएपछि छठ समापन हुने छ ।






