एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ : नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समिति एतिहाँसिक नोचा पोखरी (चुनचुनवती सर) को सरसफाईमा सक्रियता देखाएको छ । नगरसभापति मनोज साहको अगुवाईमा समितिका पदाधिकारी र सदस्यहरु छठको अवसरमा पोखरीको सफाई र सजावटमा व्यस्त देखिए । सफाईमा व्यस्त रहेका नगरसभापती साहले कोरोनावाट बचाउन तिनै तहको सरकार असफल भएको आरोप लगाए ।
विजया दशमी, शुभ दिपावली र छठ पर्वहरु सहितका धार्मिक अध्यात्मीक गतिविधी र जानकी माता सहित देवीदेवताकै कृपाले जनकपुरधामवासी सुरक्षित रहेकाले यस्ता पर्वहरु सुरक्षित साथ मनाउनु पर्ने उनको भनाई छ । नोचा पोखरीमा पनि छठ पुजाको लागि भब्य तयारी गरिदै छ । पोखरीको सफाई गर्नुका साथै घाटको निर्माण र सफाईमा समेत स्थानिय सहितको सहभागिता रहेको छ ।





