एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ३ :
असहायहरुको रक्षा र सुरक्षाका लागि काम गर्ने असहाय संरक्षण मञ्च जनकपुरधामले छठ ब्रत गर्ने आर्थिक अभाव भएकाहरुलाई छठपुजा समाग्री सहयोग गरेको छ । जनकपुुरधामका धरोहर बिद्वान डा. राजेन्द्र प्रसाद विमलको विशेष उपस्थिती र हातवाट कुल ६१ जना लाई छठ पुजाको समाग्री तथा साडी वितरण गरिएको मञ्चका अध्यक्ष बैद्यनाथ प्रसाद साहले बताए ।

साहले भने, ‘असहायका लागि हामी काम गर्छौ, कोरोनाको लकडाउनवाट आर्थिक अभाव भएका र ब्रत गर्न चाहनेहरुलाई केहि भएपनि सहयोग गरेका छौं ।’ लकडाउनको प्रभावले आर्थिक अभाव भएकाहरुलाई केहि राहत होस पर्वमा हसी खुसी होस भन्ने उद्देश्यले एक थान सारी, गहुँ, मिठ्ठा, तेल, नरिवल, चिनी, अगरवती र केहि फलफुलका समानहरु वितरण गरिएको साहले बताए ।

सो अवसरमा सञ्चारकर्मी तथा समाजका अगुवाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. विमलले छठ पुजामा मञ्चले आर्थिक अभाव भएकाहरुलाई गरेको सहयोगको सराहना गरेका छन् । छठ पर्वमा हुनेले अभाव भएकालाई सहयोग गर्नु अति पुण्यको काम रहेको उनको तर्क थियो । डा. विमल छठ पुजाको विशेषताको वर्णन गर्दै समाजमा मञ्चको कार्य उतम रहेको बताए ।

कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, शुभद्रा आले सहित समाजिक अगुवाहरुको सहभगिता रहेको थियो ।