एसपी रिपोर्टर
सप्तरी, मसिंर २ : जिल्लामा समाजसेवीको समेत छवि बनाएका प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले कैदी बन्दीहरुका लागि विभिन्न आवयश्क सरसमानहरु सहयोग गरेको छ । आज राजबिराज स्थित करागारका कैदी बन्दीहरूका लागि ७ सय ७५ पिस लाईफवाय साबुन, १ हजार (३ सय ६३ प्याकेट) मास्क, २ थान क्यारेमवोर्ड, १७ वटा साडी, कम्वल र वच्चाको लागि कपडा समेत मन्त्री साहले वितरण गरेका छन् ।
तराई मधेशका करागारहरुमा क्षमता भन्दा बढी कैदी बन्दी राखिनुले धेरै समस्या रहेको भन्दै आफुले केहि सहयोग मात्र गरेको मन्त्री साहले बताए । सो अवसरमा कारागारमा पुगेका मन्त्री साह कारागार प्रमुखको उपस्थितीमा सो सर समानहरु हस्तान्तरण गरेका हुन । मन्त्री साहले कैदी बन्दीको संख्याको आधारमा मधेशका कारागारहरुको स्तारोन्ती गर्नुपर्ने बताएका छन् ।






