एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २४ : प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ का किसानले अर्गानिक मल माथी विश्वास गर्न नसक्दा मलको झनै अभाव महशुस भएको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले एका तर्फ प्रदेश २ मा संघिय सरकारले उचित रासायनिक मल नपठाउने गरेको र अर्को तर्फ किसान अर्गानिक मल भन्दा रासायनिक मल नै खोज्ने गरेकाले मलको चरम अभाव हुने गरेको बताएका छन् ।

मन्त्री साहले भने, ‘देशमा प्रत्येक वर्ष करिव ७ लाख मेट्रिक टन मल आवयश्क पर्छ जस्मा पचास प्रतिशत मात्र मल आयात हुन्छ र सातै प्रदेशमा बराबर वितरण हुन्छ, अनि कसरी पुगोस ? ।’ मन्त्री साहले अर्गानिक मलको उपयोगीता बुझन आग्रह गरे । अर्गानिक मल प्रयोग गर्दा उत्पादनमा कमि हुने भयले किसान रासायनिक मल मात्र खोजेको मन्त्री साहको भनाई छ ।

कार्यक्रममा मन्त्रालयकी सचिव डा. सम्झना कुमारी काफले पाण्डे सहित प्रदेश २ का आठवटै जिल्लाका किसान अगुवाहरुको सहभागिता रहेको थियो ।





