एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० :
समाजिक विकास मन्त्री नवल किशोर साहले आयुर्वेद चिकित्सा र उपचारको क्षेत्रमा काम गर्न संघिय सरकारले प्रदेश सरकारलाई कुनै पनि अधिकार नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । महोतरीको बर्दिवासमा समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आ.ब.२०७६/०७७ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरिय वार्षिक समिक्षा गोष्ठीमा सम्बन्धित विभागका पदाधिकारीहरु आ–आफ्नो प्रस्तुती दिइरहँदा मन्त्री साहले आयुर्वेद क्षेत्रमा काम गर्न संघिय सरकारले प्रदेश सरकारलाई दिएको अधिकार कति हो ? प्रश्न गर्दै सवैलाई जानकारी गराइदिन निर्देशन दिएका थिए ।

कोरोनाको कहरमा सवै भन्दा लाभदायक र आशाको केन्द्र आयुर्वेदिक चिकित्सा नै रहेको भन्दै मन्त्री साहले तर पनि संघिय सरकार आयुर्वेदको विकासका लागि कुनै पनि निकाय वा प्रदेश सरकारलाई अधिकार समेत नदिएको बताए । कति दिन यसरी चल्छ ओली जी ? प्रश्न गर्दै मन्त्री साहले भने, ‘ओली जी सवै दिन तपाँइ नै रहेन होइन क्यार ।’ प्रदेश २ को आठवटै जिल्लाका सम्बन्धित कर्मचारीहरुले आयुर्वेद क्षेत्रको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने अलगै ठोस निकाय नभएकाले समस्या भइरहेको बताए ।

कार्यक्रममा राज्य मन्त्री अभिराम शर्मा, प्रदेश निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, महिला तथा वालवालिका समितिका अध्यक्ष जयनुल राइन, स्वास्थ्य निर्देशनालयका निम्ति निर्देशक विजय झा, स्वास्थय आपुर्ती विभागका निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिती रहेको थियो ।