एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० : बुधवार साँझ करवा चौथ पर्व मनाइएको छ । अखण्ड सुहागका लागि नारीहरु निर्जला ब्रत बसि करवा चौथ मनाउने परम्परा छ । बुधवार साँझ चन्द्रोदय पश्चात विधिपुर्वक पुजापाठ गरि अर्घ दिइएको र चल्नी (आँटा चाल्ने)ले आफनो पतिको अनुहार दर्शन गरेपछि पतिले आफनो पत्नीलाई सर्वप्रथम जल र मिष्ठान परिवार खुवाएर ब्रत समपन्न हुने चलन छ ।
भारतिय संस्कृतीवाट नेपाल भित्रिएको यो पर्व नेपालको तराई मधेश सहितका क्षेत्रमा पनि मनाउन थालिएको छ । यस वर्ष कोरोना कालमा पनि यो पर्व मनाइएको छ । भारतिय टिभी सिरियल र चलचित्रहरुमा करवा चौथ प्राथमिकता पाएपछि नेपालमा समेत नारीहरु यो पर्व मनाउन थालिएको बताइन्छ । हरेक शौभाग्यवती (सुहागिन) का लागि प्रेमको प्रतिक मानिने करवा चौथ महिलाहरु श्रद्धा र उत्साहका साथ मनाउने पर्व बन्दै गएको छ ।
यस वर्ष कोरोना कहरले पर्व प्रतिको आस्थामा कुनै पनि असर नपारेपनि सहभागिता र उल्लासमा भने प्रभाव पारेको भएपनि ब्रतालु नारीहरु पुजा अर्चना र भक्तिमा कुनै पनि कमी नगर्दै कोरोनावाट आफनो सुहाग सहित सम्पुर्णको रक्षाका लागि कामना गरेको युवा ज्यातिष ई. विवेक पाण्डेले बताए ।
प्रस्तुत छ, सहकर्मी संजय साहले क्यामेरामा कैद गरेको जनकपुरधाममा मनाइएको करवा चौथका केहि तस्वीरहरु :










