एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १९ :
समाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना संग जोडेर प्रदेश २ लाई घृणा र बन्देज गर्नेहरु अहिले स–परिवार प्रदेश २ मै आएर सुरक्षित बस्न चाहेको बताएका छन् । महोतरीको बर्दिवासमा समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आ.ब.२०७६÷०७७ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरिय वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘नेपालमा कोरोनाको कहर सुरु हुँदा भारतसंग जोडेर प्रदेश २ लाई बन्देज गर्न चाहनेहरु आज स–परिवार प्रदेश २ आउन चाहदै छन् ।’

मन्त्री साहले ६० लाख जनसंख्याको प्रदेश २ र ११ लाख जनसंख्याको अन्य प्रदेशलाई पनि समान तिन तिन वटा बराबर कोभिड–१९ अस्पताल दिनु संघिय सरकारको विभेदी निती रहेको बताए । प्रदेश २ का स्वास्थ्यकर्मीहरुको जिम्मेवारी र उतरदायीत्व बोधको सराहना गर्दै मन्त्री साहले प्रदेश २ लाई बदनाम गरेर देशमा राजनिति गर्न चाहनेको सपना पुरा नहुने बताए ।

कार्यक्रममा राज्य मन्त्री अभिराम शर्माले पनि प्रदेश २ हरेक हिसावले सुरक्षित रहेको बताए । देवीदेवताको कृपा र मधेश एक किशिमले प्राचिनकालमा तपोभुमि समेत रहेकाले बस्न अनुकुल रहेपनि हामी मधेशलाई चिन्न नसकेको उनको भनाई थियो । उनले भने, ‘हदै सम्म कोरोनाको सचेतना अपनाउ, मधेशलाई चिनौ र मिलेर विकास गरौं ।’ निर्देशनालयका निम्ति निर्देशक विजय झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, महिला तथा वालवालिका समितिका अध्यक्ष जयनुल राइन सहितकाले आ–आफनो सान्दर्भीक मनतब्य राखेका थिए ।