एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १४ : ७० वर्षको इतिहाँसमा समावेशी भनिने कांग्रेस पार्टीमा पहिलो पटक कुनै पिछडिएका वर्गको व्यक्ति सभापतिमा लडने साहस गरिरहेको भन्दै प्रदेश २ का कांग्रेसका नेताहरु निधीको सो कदम नै एक जित रहेको टिप्पनी गरेका छन् । जनकपुरधाममा विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै पार्टी प्रदेश २ का नेता राम सरोज यादवले सात दशको इतिहाँसमा कुनै फरक वर्गको व्यक्तिले म पनि सभापतिमा लडछु भन्न सक्नु नै एक जित रहेको बताए ।
सुन्नोस भिडियोमा
पार्टीको जउनपा वडा नं. चार समितिले आयोजना गरेको कार्यक्रममा बाल्दै प्रदेश सांसद समेत रहेका यादव यो अवसरलाई एक भएर परिणाममुखी बनाउन नसकिए पुनः पछाडि पर्ने बताए । केन्द्रिय सदस्य रामकृष्ण यादव, प्रतिनिधीसभा सांसद स्मृती नारायण चौधरी, जिल्ला उपाध्यक्ष संतोष कुमार यादव, नगरसभापति मनोज साह सहितको उपस्थिती रहेको कार्यक्रममा नेताहरु निधीको सफलता समुदायकै सफलता हुने र एतिहाँसिक हुने भएकाले एकतामा जोड दिएका छन् ।

नगरसभापति साहले कोरोना नियन्त्रणमा संघिय सरकारले गैरजिम्मेवारी प्रस्तुत गरेको भन्दै सुरक्षित रहन सवैमा आग्रह गरे । निधि सभापति बने जनकपुरधाम र धनुषाको मान सम्मान बढने उनीहरुको तर्क थियो । कार्यक्रममा नेताहरु श्याम प्रसाद साह, जिवनाथ चौधरी,किशोरी साह, निर्मल चौधरी सहितको उपस्थिती रहेको थियो ।






