पुरन रौनियार
जनकपुरधाम, कात्तिक १३ :
स्मार्ट लाइसेन्स लिन ३ वर्ष सम्म पनि कुर्नु पर्ने बाध्यात्मक पस्थिती छ जनकपुरधामको यातायात कार्यालयमा । तर बल्ल तल्ल यातायात व्यवस्था विभागवाट जनकपुरधाम आएका लाइसेन्स कार्यालयको सट्टा खेतमा भेटेपछि सेवाग्राही चिन्तित बनेका छन् । करिव तिन सय लाइसेन्स कायालयको भवन पछाडिको खेतमा छर्रिएको भेटेपछि कार्यालयको अव्यवस्था उदाङ्गो भएको छ ।

जनकपुरधाम स्थित यातायात कार्यालय भवनको ठिक पछाडि रहेको खेतमा बुधवार धान काटन गएकी महिला (जिवछी देवी, जनकपुरधाम–१४) सहितकाले स्मार्ट लाइसेन्स छर्रिएको देखेपछि कार्यालयका सुरक्षा गार्डलाई सम्पर्क गरेर जिम्मा लगाइन ।

सुरक्षा गार्ड गरभु कापडका अनुसार पाँच सय रुपैया खर्च गरेर २ सय ५० देखि ३ सम्मको संख्यामा रहेको लाइसेन्स महिला र बालबालिकोको सहयोगमा बटुलेर कार्यालयको जिम्मा लगाइयो । धान काटेर खेतमै रहेकाले अझै पनि केहि लाइसेन्स त्याहाँ हुन सक्ने भन्दै धानबाली उठाएपछि मात्र थाहा लाग्ने उनको भनाई छ ।

ह्ेर्नोस भिडियो रिपोर्ट

घटना समान्य होइन । घटनाले कार्यालयको अव्यवस्था र लापरवाही छर्पष्ट गर्दछ । भवनको पछाडि सिसिटिभी पनि जडान गरिएको छैन, न चोरी भएको न त भवनमा कुनै तोडफोन नै अनि कसरी गयो त कार्यालयमा हुनु पर्ने लाइन्सेन्स धानको खेतमा ? फालिएका यि लाइसेन्सहरु तिनै लाइसेन्सहरु हुन जुन लिन ३ वर्ष देखि पनि सेवाग्राहीहरु प्रदेशको विभिन्न जिल्लाहरुवाट कार्यालय धाउने क्रम निरन्तर जारी नै पत्याएर नलागे यि सेवाग्राहीहरुलाई सुन्नुहोस ।

कर्मचारीहरुकै आन्तिरक द्वन्द्वका कारण कर्मचारीकै संलग्नतामा घटना भएको आंशका छ । स्टोर प्रमुख धर्मराज पौडेल आफुहरु आएको लाइन्सेन्स लाइसेन्स शाखामा पठाउने गरेको भन्दै बोल्न चाहेन भने लाइसेन्स वितरण शाखाका अमित झाले आफुलाई आश्चर्य लागेको बताए । लाइसेन्स वितरण शाखा पैसा कमाउने शाखा रहेकाले हाल कार्यरत कर्मचारीलाई बदनाम गरि सरुवा गराउन अर्का कर्मचारीहरुले यस्तो गरेको हुन सक्ने नाम उल्लेख नगर्ने सर्तमा केहि कर्मचारीले बताए । अव हेर्न वाँकी छ कार्यालयले घटनाको सत्य तथ्य पता लगाउँन सक्छ कि सक्दैन ।

यस सन्दर्भको विस्तृतमा माथी दिइएको भिडियो रिपोर्टमा हेर्न सक्नु हुनेछ ।