एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १२ :
प्रदेश २ का आठवटै जिल्लालाई केन्द्रित गरि तराई मधेश राष्ट्रिय परिषद टिएमएनसीले मधेश संवाद नामक प्रदेश स्तरीय यात्रा गर्न लागेको छ । अगामि कात्तिक १५ गते देख टिएमएनसीले सो प्रदेश २ स्तरीय पहिलो चरणको यात्रा प्रारम्भ गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । ‘मध्य मधेशको सम्पुर्ण आठवटा जिल्लालाई पहिलो चरणमा यो संवाद यात्रा गर्न लागेका छौं’, टिएमएनसीका संगठन विभाग प्रमुख समाजिक अभियन्ता सरोज रायले भने, ‘त्यसपछि मधेशका २२ वटै जिल्लामै यो संवाद यात्रा पुग्ने लक्ष्य लिएको छ ।’

विगतमा भएको मधेशको समाजिक, राजनितिक अभियान सहित मधेश आन्दोनलहरुले अझै पनि अपेक्षित परिणाम हासिल गर्न नसकेकाले यावत विषयमा प्रदेश २ का आठवटै जिल्लाका युवा, विद्यार्थी, बुद्विजिवी सहितकाहरु संग अन्तरक्रिया कार्यक्रम गर्ने टिएमएनसीका संयोजक विकास कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

कात्तिक १५ गते सिरहावाट सुरु हुने यात्रा १७ गते सप्तरी, १९ गते सर्लाही, २१ गते रौतहट, २३ गते बारा र २५ गते पर्सा पुग्ने छ । त्यसपछि २७ गते महोतरी र २८ गते धनुषा पुगेर पहिलो चरणको यात्रा समपन्न हुने सचिवालय सदस्य काशिन्द्र यादवले बतनए । पत्रकार सम्मेलनमा टिएमएनसीका सदस्यहरु गुञ्जा राय र अरुण महतो सहितको उपस्थिती थियो ।