एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ९ :
मधेश आन्दोलनका अपुर्ण मुद्दाहरु पुर्नजागरण गर्नुपर्ने तथा राज्यलाई दबाब दिनु पर्ने आवयश्कता महशुस गर्दै मधेश तथा थरुहटका युवाहरु दशैपछि आन्दोलनको तयारी जुटेका छन् । त्यस्ता तयारीमा प्रदेश सांसद देखि मधेश आन्दोलनका युवा अगुवाहरु समेत छन् । एकता पछि जसपा ठुलो पार्टी लागीरहेको भएपनि मुद्दा र बिचारमा अन्यौलता रहेको युवाहरुको विश्लेषण छ ।

‘जसपा’ बैकल्पिक बामपन्थी कि लोकतान्त्रिक पार्टी ?

हामीले आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका तर पार्टीको लाइनवाट असन्तुष्ट रहेका केहि युवा अगुवाहरुसंग सम्पर्क गरेर सोध्यौं । बुझदै जाँदा उनीहरुले एकता पछि पाटी ठुला र बैकल्पिक शक्ति लागेपनि भविष्य अन्यौलमा रहेको संकेत गरिहाले । कतिपयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बैकल्पिक त ठिकै छ तर जसपा बैकल्पिक कमिन्युष्ट कि लोकतान्त्रि भन्ने कुरामा अन्यौलता रहेको छ ।’ जसपाको नेतृत्व हेर्दा यो पार्टी उपेन्द्र यादव र बाबुरामको कब्जामा गइसक्यो उनीहरु भन्छन् ‘मधेशको क्रान्तिकारी धार बोकेका राजेन्द्र महतो मौन बस्नुले समेत असमञ्जस्ताको स्थिती भएको र भविष्य अन्यौल भएको छ ।’

यादव र भट्टराईको कार्यकारी प्रमुखमा जाने स्पष्ट बामपन्थी धार रहेको र पार्टी उनीहरुकै मुठ्ठीमा गएकाले अब जसपा भित्र बैचारिक द्वन्द्व सुरु हुने उनीहरुको आंकलन छ । युवा नेता डा. सुरेन्द्र कुमार झा भन्छन, ‘पार्टीलाई लाइनमा ल्याउन आवयश्क छ, पार्टीको स्पष्ट लाइन र मुद्दा भएन भने भविष्य खराव छ ।’ जसपा, जनमत, त.म.रा अभियान सहित नेकपा, कांग्रेसका समेत मधेशका युवाहरुसंग पटक पटक छलफल भइरहेको र मधेशको शान्त मुद्दा पुर्नजागरणका लागि पहल भइरहेको उनले स्वीकार गरे ।

युवाहरुका अनुसार लडाई अव राष्ट्रवाद विरुद्व मधेशवादको, संसदिय व्यवस्था विरुद्व कार्यकारी प्रमुखको, एक जाती विशेष विरुद्व अल्पसंख्यकहरुको हुनेछ । जस्मा मधेशको हार्डलाइनर राजेन्द्र महतो र महेन्द्र ठाकुर सहितका मौन र शान्त हुनुले मधेशवाद आत्मसम्र्पण तर्फ गएको त होइन ? भन्ने संकेत समेत गरिरहेको कतिपय युवाहरुको आशंका छ । त्यसैले मधेश र थरुहटमा पुर्नजागरण अभियान आवयश्क रहेको उनीहरुको बुझाई छ ।

थरुहट तथा मधेशका युवाहरुको समुह बनाएर दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दशैँपछि जनकपुरधाम वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने तयारीमा रहेको बताए ।

बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरिरहेको बुझिएको छ । यस विषयमा प्रदेश २ का सांसद समेत रहेका सुमनसंग बुझदा उनले हास्दै भने, ‘मधेश त हरहमेशा आन्दोलनके मुडमे रहैछै ।’ उनले युवा मात्र नभई मधेशका बुढापाका समेत आन्दोलन गर्नुपर्ने पक्षमा रहेको भन्दै नेतृत्वकर्ताको मात्र पखाई रहेको बताए ।

भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । तराई मधेशमा रहेका शक्तिहरु बीच छलफल गरी राजनीतिक लक्ष्य प्राप्तिका लागि रोडम्याप तयार गर्ने र युवाहरुको एकीकृत मोर्चामार्फत संघर्षको कार्यक्रम तय गर्ने भेलाको उद्देश्य रहने उनको भनाइ छ । जेलमा रहेका रेशम चौधरीलगायत थरुहट–मधेश आन्दोलनका बन्दी एवं अन्यहरुमाथि लगाइएका मुद्दाहरुको सम्बन्धमामा पनि छलफल हुने बताइएको छ ।

त्यस्तै, लाल आयोग लगायत अन्य छानविन आयोगको प्रतिवेदन, वर्तमान राजनीतिक अवस्था र थरुहट–मधेशको मुद्दा, आगामी दिनमा तराई मधेशको राजनीतिक विषयमा थारु र मधेशी बीचको रणनीतिक सहकार्य र सम्भावना लगायतको विषयमा छलफल हुने बताइएको छ । भेलालाई सर्वपक्षीय, थारु, दलित, मुस्लिम लगायत सबैको समावेशी सहभागिता सुनिश्चित गरिने दावी गरिएको छ । विगतमा तराई मधेशको आन्दोलनमा अहम् भूमिका खेलेका राकेश मिश्र, जय निशान्त, रामकुमार शर्मा, विजयकान्त कर्ण, चन्द्रकिशोर, सतार अन्सारी, चन्द्रेश्वर खतवे, तुलानारायण साहलगायत अन्य बुद्धिजीवी तथा अभियान्ताहरुसँग पनि छलफल गरिने बताइएको छ ।