एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ९ : जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा यस वर्ष कुल ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको छ । यस अघि करिव १५ हजार सम्मको हाराहारीमा बोकाबली प्रदान हुदै आएकोमा कोरोनाको प्रभावका कारण यस वर्ष बोकाबलीको संख्या करिव आधा जती घटेको हो । अष्टमी (शनिवार) साँझ साँझ सात बजेर १० मिनेटवाट बोकाबली प्रदान गर्न सुरु भएकोमा करिव १२ बजे मध्य राती सम्म बोका बलि प्रदान भएको त्यहाँ स्थित हाम्रा सहकर्मी संजय साहले बताए ।
कोरोना कहरका कारण यस वर्ष विजयादशमीको व्यवस्थापन के होला ? बोकाबली प्रदान होला कि नहोला सहितको अन्यौलता रहेको थियो । तर आयोजक युवा कमिटिको सहयोग र युवाहरुको मेहनतका कारण श्री महाविर युवा कमिटिले हरेक कार्यक्रम सहज र भिडभाड रहित ढंगले गर्न सफलभएको अध्यक्ष सन्तोष कुमार साहले बताए । बोकाबली समपन्न भएपछि व्यवस्थापनमा अहोरात्र खटेका युवाहरु माता राजदेवीको जयकारा लगाउदै खुसीयाली मनाएका छन् ।
हेर्नोस भिडियो

कमिटिका वर्तमान तथा पुर्व पदाधिकरीहरु सहित व्यवस्थापनका जुटेका युवाहरु भिझिया नृत्यमा खुसीयाली मनाएका हुन । बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको थियो । कमिटिले राती १० बजे सम्म नै बोकाबली प्रदान गर्ने कार्य सक्ने अनुमान गरेको भएपनि साँझ बोकाबलीका लागि लाइन बढदै गए पछि १२ बजे सम्म बोकाबली प्रदान भएको हो ।







