एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ८ : जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा बोकाबली प्रदान सुरु प्रारम्भ भएको छ । साँझ सात बजेर १० मिनेटवाट बोकाबली प्रदान गर्न सुरु भएको श्री महाविर युवा कमिटिका अध्यक्ष सन्तोष कुमार साहले बताए । एसपी खवरसंगको कुराकानीमा साहले १० बजे सम्म बोकाबली प्रदान समपन्न हुने छ । बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको छ ।
बोकाबलीको लागि लागेको लाइन हेर्दा आफुहरु राती १० बजे सम्म बोकाबली प्रदान गर्ने कार्य सक्ने सम्भावना रहेको साहको भनाई छ । कोभिड १९ महामारीका कारण यस वर्ष बोकाबलीको संख्यामा कमी हुने देखिएको छ । माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष करिव १५ हजार सम्म बोकाबली प्रदान हुने गरेको छ ।








