एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ४ : एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा धनुषामा टकराव बढदै गएको छ । पार्टीको निती र नियम विपरित जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत बेवास्ता गरेर पार्टी विपरित गतिविधी भइरहेको भन्दै नेताहरुले आक्रोस व्यक्त गरेका छन् । आज जनकपुरधामको एक धर्मशालामा आयोजित अगुवा नेता कार्यक्रताहरुको भेटघाट र शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुले पार्टी छाडेर पुनः पार्टी फर्किएकाहरु पार्टीको हित विपरित काम गरिरहेको आरोप लगाएका छन् ।
स्थाई कमिटि सदस्य रघुविर महासेठले भने, ‘जस्लाई हिजो पनि माँया थिएन छाडेर गए पुनः फर्किए के थाहा अझै माया छ कि छैन भनेर ?’ । नेता महासेठले जिल्ला कमिटिको सपथ ग्रहण धनुषाको कुनै पनि गाँउ र टोलमा गरेर देखाई दिने समेत बताए । पार्टीको शिर्षनेतालाई गाली गर्दै हिन्नेलाई पार्टीको नेता भन्न नसकिने उनको भनाई थियो । कार्यक्रममा पार्टीका धनुषा इन्चार्ज श्रवण यादव बरबरियाले पार्टी छोडेर जाने अनि कुनै शिप नलागेपछि पुनः पार्टीमा आएर षडयन्त्र गर्नेहरुलाई पाकेटमारको संज्ञा दिदै भने, ‘त्यस्ता नेताहरुलाई चिन्नु पर्छ ।’
हेर्नोस भिडियो
नेता योग नारायण यादव, रामचन्द्र मण्डल, राजकिशोर यादव, समाजसेवी गंगाराम यादव सहितकाले समेत पार्टी हित विपरित केहि नेता गलत क्रियाकलाप गरिरहेको बताउदै पार्टीको नेता कार्यक्रताहरुलाई सेचत रहन आग्रह गरेका छन् । उनीहरु नाम नलिएर मातृका प्रसाद यादव र रामचन्द्र झालाई संकेत गरिरहेका थिए । कार्यक्रममा मिथिला, मिथिला विहारी, शहिदनगर, मुखियापट्टी मुसरनिया सहितका स्थानिय तहका प्रमुखहरु क्रमश हरिनारायण महतो, अनिल कुमार यादव, उदय बरबरिया यादव, मनोज यादव सहित पार्टीवाट वडा अध्यक्ष तथा सदस्यमा निवार्चितहरुको उपस्थिती थियो ।

शक्तिपिठ तथा मन्दिरमा पुर्वमन्त्रीहद्वारा पुजापाठ र दर्शन
पुर्वमन्त्री महासेठ जनकपुरधामको माता राजदेवी, बौधीदेवी, अन्नपुर्णा अमरखाना सहितकामा शक्तिपिठहरु र पण्डालमा पुगेर दर्शन गर्नुका साथै पुजापाठ गरेका छन् । पुजा आयोजन गर्ने श्री महाविर युवा कमिटि श्री राम युवा कमिटि सहितकाले उनलाई स्वागत र सम्मान गरे । साथै श्री गणेश युवा कमिटिमा समेत पुगेर गणेश मन्दिरमा पुर्व मन्त्री महासेठ पुजापाठ र दर्शन गरेका छन् । कमिटिले उनलाई स्वागत गरेको थियो ।



