एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २ : नेकपाका स्थाई कमिटि सदस्य तथा प्रतिनिधीसभा सांसद रघुविर महासेठले एक दुई सय परिवारहरु मात्र धनी भएर देश धनी हुन नसक्ने भन्दै देशलाई धनी र समृद्ध बनाउन किसान, व्यापारी सहित सवै जनता धनी हुन आवयश्क रहेको बताएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ पुरन्दाहा स्थित जगरुप साह रामपुकार साह मा.वि.मा आयोजित दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व भौतीक पुर्वाधार विकास मन्त्री समेत रहेका महासेठले देश धनी हुन जनता शिक्षित हुन समेत आवयश्क रहेको बताए ।
शिक्षालाई बुझन सकेनौं भने केहि पनि बुझन सक्दैनौं, महासेठले भने, ‘त्यसैले शिक्षाको महत्व बुझेर छोराछोरीमा विभेद नहुने गरि समान शिक्षा प्रदान गर्नु अभिभावकको दायित्व हुनु पर्दछ ।’ कार्यक्रममा बोल्दै पार्टीका नेता योग नारायण यादव तथा प्रदेश सांसद रामचन्द्र मण्डलले पनि शिक्षित समाज निर्माणका लागि छोरीहरुलाई पढाउन आवयश्क रहेको बताए । पुर्व मन्त्री महासेठ सहितका अतिथिले नगरपालिकाको तर्फवाट ४ सय ३० जना कक्षा आठका छात्राहरुलाई साइकल वितरण गरेका छन् ।
हेर्नोस भिडियो
साथै आजै नेता महासेठ नगरपालिकाकै वडा नं. २ पुरन्दाहा स्थित शिवमन्दिरको छेउमै करिव १० लाखको लागतमा नवनिर्मित संतोषी माताको मन्दिरको समुदघाटन गरेका छन् । त्यसै गरि पुरन्दाहा बजारको हाट लाग्ने क्षेत्रमा नगरपालिकाद्वारा गरिएको ढलान र चौतारा निर्माण कार्यको समेत सो अवसरमा समुदघाटन गरिएको छ । कार्यक्रममा जिविसका पुर्व सभापति रामचरित्र साह, नगरपालिकाका प्रमुख अनिल कुमार यादव, उपप्रमुख अनिता साह सहितका नेकपा नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।



