एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा खेल क्षेत्र उत्थानका लागि प्रत्यनशिल रहेको बताएका छन् । नेपाल क्योकुशिन कान कराते संघ प्रदेश २ को आयोजना र नेपाल फुल कन्टेक्ट कराते समिति प्रदेश २ को सहआयोजनामा आयोजित वडा दशैं, शुभ दिपावली र छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को जनकपुरधाम र बिरगंजमा राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य प्रगतीमा रहेको बताए ।

पञ्चायतकालमा तत्कालिन पञ्चहरुले आफनो शक्ति प्रदर्शन गर्न खेलीडीहरुलाई प्रयोग गर्ने गरेको स्मरण गराउदै मुख्यमन्त्री राउत खेल क्षेत्रका लागि कुनै पनि शासकले उचित निति अख्तियार गर्न नसकेकाले खेल क्षेत्रको यस्तो अवस्था रहेको गुनासो गरे । उनले प्रदेश सरकार खेल र खेलाडीको सम्मान तथा उत्थानका लागि विशेष योजना र कानुन अख्तियार गरिरहेको बताए । प्रदेशका प्रवक्ता आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले ३० वर्षमा हुन नसकेको काम प्रदेश सरकार ३ वर्षमा गरेर देखाएको भन्दै खेल क्षेत्रको विकासमा समेत कुनै कसर वाँकी नराख्ने बताए ।

मन्त्री यादवले आफु खेल क्षेत्रसंग आवद्व रहेकाले नै समाजिक पहुँच बढाउदै आज मन्त्री रहेको बताउदै पैसाको लोभमा नभई आफनो स्वास्थ्य र जिवनका लागि नै भनेर पनि खेल्न आवयश्क रहेको बताए । उनले मेहनत गरे फल अवयश्क प्राप्त हुने समेत बताए । प्रदेश सांसद रामअशिष यादवले प्रदेश २ का खेलाडीको उर्जा र आकर्षण बढाउन तथा खेल र खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रदेश पदक विधयेक बहुमतले पारित गराएको बताए । सो विद्ययेक पास गर्न नेकपा र कांग्रेसले नमाने पनि प्रदेश सरकार बहुमतको आधारमा पास गराएको प्रति उनले खेलाडीहरुलाई ध्यानाकर्षण गराए ।

सो विद्ययेकमा प्रदेश २ का उत्कृष्ट खेलाडीहरुलाई प्रदेश रत्न र प्रदेश मेघावी सम्मानवाट विभुषित गरि खेललाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन विभिन्न खेल र खेलाडी लक्षित योजना तथा नितिहरु समावेश गरिएको छ । सो अवसरमा त्रिभुवन आर्मी क्लववाट खेल्ने राजु कुमार यादव सहित राजाराम यादवलाई मुख्यमन्त्री राउतले सम्मान गरे भने आन्तिरक मामिला मन्त्री यादवले ब्ल्याक बेल्ट लगाइ दिए । खेलाडीद्वयले ब्ल्याक बेल्ट फस्ट डन गर्न सफल भएपछि ब्ल्याक बेल्ट प्रदान गरिएको छ । कार्यक्रममा संघ प्रदेश २ का अध्यक्ष बैद्यनाथ यादव तथा समिति प्रदेश २ का अध्यक्ष असगर खान शसस्त्र प्रह्री बल प्रदेश २ का प्रमुख, कांग्रेस धनुषाका उपसभापति संतोष यादव सहितकाले शुभकामना मन्तब्य राखेका थिए ।