एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० : जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनताको मतको दुरुपयोग हुदै आएकाले बैकल्पिक शक्तिले मात्र त्यसको सदुपयोग गर्ने बताएका छन् । धनुषाको सवैलामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सांसद समेत रहेका नेता महतोले नेकपा र कांग्रेस वाहेकका सवै शक्ति मिलेर बैकल्पिक शक्तिको निर्माण नभए सम्म लक्ष्य प्राप्ती हुन नसक्ने बताए ।
तिन ठुला शक्तिले देशको राजनितिक सन्तुलन ठिक हुने र जनताको काम हुनेमा उनको विश्वास छ । देशका मधेशी, थारु, मुस्लिम, दलित सहित पहाडका जनजाती सहित पछाडि पारिएका वर्गको हकहितका लागि नेकपा र कांग्रेसको विकल्प खोज्नु पर्ने वेला आएको बताए । दशकौ दशकको धोकाधरी पछि पनि नेकपा र कांग्रेसलाई चिन्न नसक्नु नै ई वर्गहरुको भुल भएको उनले बताए ।
पार्टीका नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि मधेशवादी दल विरुद्व भ्रम छर्ने काम भइरहेको भन्दै सचेत रहन आग्रह गरे । मधेशवादी दल केहि गर्न सकेन भ्रष्टाचार मात्र गरयो भन्ने भाडाका मान्छेहरु मधेशमा घुमिरहेको उनको तर्क थियो । केन्द्रिय नेता अनिल कुमार झाले मतको सम्मान गर्न आग्रह गरे । अन्तिम समयमा मधेशका निमुख्खा जनता मत बेच्ने गरेका कारण ठगिदै आएको उनको तर्क थियो ।
प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले मधेशी सहित पछाडि पारिएका समुदायको हकहितका लागि जसपा पार्टी तेस्रो ठुलो शक्ति निर्माणमा जुटेको भन्दै जनताले समेत साथ दिनुपर्ने बताए । प्रदेश सांसल मनिष सुमनले नेता भन्दा पनि त्यो कुन पार्टीको नेता ? कस्को आज्ञाकारी ? भन्ने कुरा बुझन जुरुरी रहेका सन्देश दिए ।

प्रदेश सांसद चमेली देवी दासले मधेशवादी दल तथा जसपाको पवित्र उद्देश्य र समावेशिताको सिद्वान्तकै कारण आफु दलित महिला भएर पनि सांसद हुन सफल भएको भन्दै समावेशी समानुपातिकको एजेन्डा निर्माता र आन्दोलनकारी को हो भनेर बुझन आग्रह गरे ।



