एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ :
महिला हिंसा तथा बलात्कार विरुद्व जनकपुरधाममा प्रदर्शन गरिएको छ । नेपाल पिछडावर्ग ओबिसी बिद्यार्थीसंघ प्रदेश कार्यसमिति प्रदेश २ को आयोजनामा भएको सो विरोध प्रदर्शनमा महिला हिंसा तथा बलात्कारको घटना अन्त्यका लागि राज्यसंग मांग गरिएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा एकै परिवारका दुई छोरीहरुसंग भएको अमानविय घटनाको निश्पक्ष जाँच हुनु पर्ने र दोषीलाई कारवाही हुनुपर्ने उनीहरुको मांग छ ।

ओबिसी विद्यार्थी संघ प्रदेश २ का अध्यक्ष रवि कुमार साहले थापा चोकवाट सुरु भएको प्रदर्शन प्रदेश २ प्रहरीको कार्यालय, मानव अधिकारको क्षेत्रीय कार्यालय, देवी चौक, शहिद चौक, मिल्स एरिया, भानु चोक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वाट तिरुहुतिया गाछी हुदै जनक चोकमा कोणसभामा परिणत भएको बताए ।

ओबिसी विद्यार्थीसंघका केन्द्रिय अध्यक्ष मोहन ठाकुरको समेत विशेष सहभागिता रहेको प्रदर्शनमा केन्द्रिय सदस्य सन्नी साह, वाइडिएसको उपाध्यक्ष विवेक कर्ण, ओबिसी महासंघका प्रदेश २ संयोजक उमेश ठाकुर, रक्की प्रसाद साह सहितको उपस्तिथि थियो । करिव अढाई सयको हाराहारीमा सहभागिता रहेको सो कार्यक्रमका सहयोगी युवाहरुमा पुरुषोतम चौधरी, सुरक्षित चौधरी, रवि कुमार साह, समीर खान, अभिषेक यादव, रुपेश झा सहितको सहभागिता थियो ।