एक संर्घषशिल पत्रकारले घर चलाउने अभिभावक (धर्मपत्नी) गुमाउँदाको पिडा उनैलाई मात्र महशुस हुँदो होला


पुरन रौनियार
जनकपुरधाम, साउन ११ : हरेक व्यक्ति सफल हुनुको पछाडी कसैको सहयोग र प्रेरणा महत्वपूर्ण हुन्छ र ति पात्रमा धर्मपत्नी नै मुख्य हुन आँउछ । जिवनको यात्रामा जिवनसंंगीनिको सहयोग र सदभाव बिना जिवनमा सफलता पाउन कठिन हुन्छ । तर तिनै जिवनको महत्वपुर्ण पात्र जिवनसाथी गुमाउनुको पिडा अहिले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको मुहारमा झल्किन्छ । धर्मपत्नी (स्व.सरस्वती देवी साह)को प्रतिमा अगाडि बलिरहेको दिप र बजिरहेको भगवान श्री सितारामको भजन हेर्दै सुन्दै र नियाल्दै अहिले उनको दैनिकी चलिरहेको छ ।
वि.सं. २०२३ साल बैशाख २९ गते जिवनसाथीको रुपमा बैबाहिक बन्धनमा बाँधीएपछिको ५४ वर्ष ४ महिनाको त्यो निरन्तरको यात्रा सम्झिदा वरिष्ठ पत्रकार नेपाली सर भावुक हुन्छन र उनको गला पनि अवरुद्व हुन्छ । तत्कालिन संर्घषहरु चरिहँदा २०२१ सालमा पक्राउ परि थुना गएका तत्कालिन संर्घषशिल युवा नेपालीलाई पतिको रुपमा स्वीकार गरि उनको हरेक कदममा साथ दिएर सहयोगी मात्र नभई एक साहसिक र आँटिलो धर्मपत्नीको समेत जिम्मेवारी निर्वाह गरेकी स्व. सरस्वती देवी चौधरीको आज १३ औं पुण्यतिथी हो ।

२०२३ सालमा विवाह र त्यसपछि २०२९ र २०३१ मा श्रीमान पटक पटक थुनामा जाँदा पनि उनको साहस डगमगाएन । त्यसपछि २०३६÷०३७ र २०४६÷०४७ को संर्घषहरुमा त श्रीमान (राजेश्वर नेपाली) जेल जाँदा पनि उनले घर परिवारमा एक असल अभिभावकत्क प्रदान गरिरहिन । स्व. साहको सुपुत्र संर्घषशिल पत्रकार रविन्द्र साहको निधन हुदाँ त्यो पुत्रबियोगको पिडा समेत सहेर आफनो परिवारलाई सम्हाल्ने जिम्मेवारीवाट उनी डगमगाईनन । श्रीमान पटक पटक थुना र जेलमा जानु र त्यस माथी पुत्रबियोग पिडा एक साहसिक नारीले मात्र बर्दास्त गर्न सक्छिन ।

आज उनको अभाव पछि बयोबृद्व राजेश्वर नेपाली सर मात्र नभई अर्का सुपुत्र पत्रकार राघवेन्द्र साह सहित सम्पुर्ण परिवारनै अभिभावक गुमाएको महशुस गरिरहेका छन् । स्व. साहकी सुपुत्र पत्रकार साह भन्छन, ‘हाम्रो परिवारको सम्पुर्ण जिम्मेवारी उठाउने र रेखदेख गर्ने मुख्य अभिभावक आमा नै हुनुहुन्थ्यो, अभिभावक विहिन भयौं ।’ ‘पत्रकार झन त्यसमा पनि राजेश्वर नेपाली जस्तो संघर्षशिल पत्रकार परिवारलाई के समय दिनुहुन्थ्यो र ? घर परिवारलाई यहाँ सम्म ल्याउने काम काकीले नै गर्नुहुन्थ्यो’ भातिजा पत्रकार कमल साहले सुनाए । स्व. साहकी ज्वाँइ पनि संर्घषशिल पत्रकार नै हुन । नेपाल टेलिभिजनमा दशकौं देखि कार्यरत पत्रकार श्री नारायण साहको मुहार पनि एकदमै उदास छ । उनि पनि भन्छन, ‘असल अभिभावक गुमाएको हुँ ।’
घरपरिवारको अभिभारा उठाएकी एक कुशल जीवनसाथी गुमाएको यर्थात पिडा देश र समाजका लागि आन्दोलनकारी र कलमजिवीका रुपमा समेत संर्घष गर्दै जिवन व्यतित गरिहेका बयोबृद्व प्रेसस्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपाली सरलाई मात्र महशुस हुदो होला ।

पत्रकार जस्तो संर्घषशिल व्यक्तित्वहरुको जिवन सफल बनाउन र हरेक कदममा प्रेरणादायी भुमिका निर्वाह गर्नुहुने असल नारी स्व. साहको १३ औं पुण्यतिथीको अवसरमा एसपी खवर परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जगत जननी माता जानकी संग शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
