एसपी रिपोर्टर
जनकपुरधाम, असार १४: रास्वपाको पहिलो महाधिवेशन चितवनमा भर्खरै सम्पन्न भएको छ। सो महाधिवेशनमा रास्वपाको पदाधिकारी तथा केन्द्रीय सदस्य गरी कुल १ सय पदका लागि करिब ५ सयले उम्मेदवारी दिएका थिए। त्यस भिडमा थिए एक पृथक उम्मेदवार महेन्द्र गुप्ता प्रशान्त।
उनी यसकारण पृथक थिएन कि आश्चर्यजनक तरिकाले उम्मेदवार बनेका हुन्, बरु यसकारण थिए कि उनले आफ्नो मौलिक पहिरन र पहिचान धोती लगाएर उम्मेदवारी दिए र प्रचारप्रसार पनि गरे। यो कुरा महाधिवेशन स्थल चितवनको भूगोल र रास्वपाका बहुसंख्यक प्रतिनिधि सदस्यहरूका लागि स्वाभाविक भने थिएन।

उम्मेदवार प्रशान्तले धोती लगाएर प्रचारप्रसार त गरे, उनको आफ्नो भावना र शैली होला, तर देशैभरिका मत बटुल्नका लागि हालको परिप्रेक्ष्यमा प्रशान्तले चालेको यो कदम उनलाई फाइदाकारी नहुन सक्छ भन्ने कुराको आकलन पनि प्रशान्तलाई नभएको होइन, यद्यपि उनले यो तरिका रोजेका छन्।
लुम्बिनी प्रदेशमा मधेस आन्दोलनका एक अगुवा सिपाही प्रशान्त रास्वपामा प्रवेश गर्ने बेलामा पनि काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा धोती लगाएरै प्रवेश गरेका थिए। त्यतिबेला पनि उनको त्यो दृश्यको भ्युज र लोकप्रियता धेरै भए पनि राजनीतिक जानकारहरूलाई मान्ने हो भन्ने उनको त्यो कदम एकदमै चुनौतीपूर्ण नै थियो।
राजनीतिमा अहिले अवसर प्राप्तिका लागि मान्छेले चापलूसीदेखि के के गर्दैनन् , जसले गर्दा उसलाई अवसर प्राप्त गर्न एकदमै सरल र सहज होस्; तर प्रशान्त ती युवा हुन् जसले अवसर प्राप्त गर्नका लागि चापलूसी र कुनै सरल तरिका भन्दा पनि आफ्नो पहिचान र मधेस आन्दोलनको मर्मलाई छोडेका छैनन्। रास्वपाका एक केन्द्रीय नेताले ढाका टोपी लगाउने मधेसी नेताहरूको अवस्था रास्वपामा ठीक नरहेको अवस्थामा प्रशान्तले देखाएको साहसिक कदम प्रशंसनीय रहेको बताउँछन्। प्रशान्तले अवसरकै लागि म लोभी हुन सक्दिनँ, जे पनि गर्न सक्दिनँ भन्ने कुराको स्पष्ट उदाहरण दिएका, उनको भनाइ छ।

नेपालको परिप्रेक्ष्यमा देशैभरिको मत हासिल गर्न प्रशान्तको यो कदम भविष्यमा पनि स्वाभाविक र सरल नहुने भए तापनि प्रशान्तको यो कदमले उनलाई एक जमात र हिस्साको प्रतिनिधित्व गरिरहने नेता बनाउने भनाइ छ। अधिकांश जिन्स, पाइन्ट, टिसर्ट र सुटबुट लगाउने युवाहरूको पार्टी रास्वपाको राजनीतिक मनोवृत्तिमा प्रशान्तको कदमलाई सहज र सरल मान्न अझै कठिन छ।
यद्यपि चितवनमा चालिएको प्रशान्तको कदम देशको ठूलो हिस्सा मधेशको प्रतिनिधित्व गर्ने रास्वपाका युवा नेता तथा रूपन्देही ४ का प्रतिनिधि सभा सदस्य कन्हैया कुमार बनियाको भनाइ छ। यो कार्य गरेपछि मेरो मत केही न केही कट्छ भन्ने कुराको आकलन प्रशान्तलाई थिएन भन्नु गलत होला, अवसरकै लागि सबैले उम्मेदवारी दिएका हुन्, तर अवसरका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवार प्रशान्तले उठाएको कदम साहसिक र चुनौतीपूर्ण थियो। त्यसैले उनी पृथक थिए।
गत प्रतिनिधीसभा निर्वाचनमा साथीभाईका लागि उम्मेदवारी छाडेका उनी ७ सय ५५ मत पाए तर केन्द्रिय सदस्यमा पराजित भएका छन् ।





