एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० :
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ को विस्तारित बैठकले रामचन्द्र पजियारलाई सर्वसम्मत रूपमा क्षेत्रीय सभापतिको जिम्मेवारी प्रदान गरेको छ ।
क्षेत्रीय सभापति धिरेन्द्र निधिको निधनपछि रिक्त रहेको पदमा उपसभापति रहेका पजियारलाई बैठकले सर्वसम्मत निर्णयमार्फत जिम्मेवारी सुम्पिएको हो ।
पजियार हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्षसमेत हुन् । लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार तथा स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका उनलाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिइएपछि नेता तथा कार्यकर्ताहरूले पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
बैठकमा सहभागी नेताहरूले स्वर्गीय धिरेन्द्र निधिले पार्टी संगठन निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।





